मलेसियामा न्यूनतम तलब ३३ हजारभन्दा बढी !

मलेसियामा रहेका नेपाली कामदारको न्यूनतम पारिश्रमिक वृद्धि हुने भएको छ । क्वालालम्पुरस्थित नेपाली राजदूतावासका अनुसार जनवरी १ (बुधबार) बाट नेपालीसहित सबै मुलुकका कामदारको न्यूनतम पारिश्रमिक १ हजार २०० रिंगेट अर्थात मंगलबारको सटही दरअनुसार ३३ हजार ४ सय ३२ रुपैयाँ पुग्नेछ । यसअघि स्थानीय मुद्राअनुसार प्रत्येक कामदारले मासिक १ हजार १ सय रिंगेट पाउँदै आएका थिए ।

दूतावासले मलेसिया जाने नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार २ रिंगेट अर्थात ३३ हजार रुपैयाँभन्दा बढी नभए मागपत्र प्रमाणित नगर्ने जनाउँदैसीमा निर्धारण गरेको हो । राजदूतावासले मंगलबार सूचना जारी गदै जनवरीबाट लागू हुने गरी नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको हो । अब मलेसिया जाने नेपाली श्रमिकले ३३ हजार रुपैयाँभन्दा बढी पाउने गरी मात्र रोजगारदातासँग करार सम्झौता गर्नुपर्ने छ ।

यो निर्णयसँगै रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको मागपत्रमा न्यूनतम पारिश्रमिक तोकेर मागपत्र पेश गर्न निर्देशन दिएको छ । डिसेम्बर ६ मानै मलेसिया सरकारले पनि श्रमिकको न्यूनतम तलब बढाउने निर्णय गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन । मलेसियाको मानव संशाधन मन्त्रालयले २०२० को जनवरीबाट लागू हुने गरी स्वदेशी तथा विदेशी श्रमिकहरुको तलब बढाउने जनाएको थियो । मन्त्रालयका अनुसार विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार १ सयरिंगेटबाट वृद्धि भएर १ हजार २ हुने जनाएको थियो । मलेसियालेराजधानी क्लालाम्पुरसहित देशका ५७ वटा सहरमा विदेशी श्रमिकको पारिश्रमिक सो अनुसार हुने जनाएको छ ।

मलेसिया सरकारले पनि जनवरी १ देखि लागू हुने गरी न्यूनतम तलब बढाउने घोषणा गरेपछि दुताबासले यसलाई मागपत्र प्रमाणीकरणमा उल्लेख गर्नुपर्ने बाध्यात्मक निर्णय गरेको हो ।मलेसियास्थित नेपाली दूतावासले जनवरीबाट पेश हुने नेपाली श्रमिकको मागपत्रमा वृद्धि गरिएको पारिश्रमिकलाई प्राथमिकतामा राखेर प्रमाणिकरण गर्ने जनाएको छ । एक वर्षभन्दा लामो समय रोकिएर पुनः खुला भएको मलेसियाको रोजगारीमा तलब वृद्धिसँगै धेरै नेपालीले केही राहत पाएका छन ।

गत वर्ष रोकिनुअघि मलेसियामा बर्सेनि४ लाख ५० हजारको हाराहारी नेपाली युवा जाने गरेका थिए । दूतावासले बढाइएको तलब पुराना कामदारको हकमा समेत लागू हुने जनाएको छ। दूतावासलेनिर्धारण गरेको नयाँ परिश्रमिक नदिने रोजगारदातालाई कारबाहीको प्रक्रियामा ल्याउन मलेसिया सरकारसँग अनुरोध गर्ने जनाएको छ ।हाल मलेसिया कार्यरत नेपाली सुरक्षा गार्डले हाल निर्धारण गरिएको भन्दा बढी पारिश्रमिक पाउँदै आएका छन्।

मलेसिया हालै विभिन्न ५ वटा क्षेत्रका लागि ३१ हजार २०१ नेपालीको माग गरेको आधिकारिक जानकारी दिएको भएपनि हाल माग संख्या भने बढे ४० हजारको हाराहारी पुगेको छ । नेपाल र मेलेसिया सरकारवीच एक वर्षअघि सम्पन्न कामदारको नियुक्ति, रोजगारी तथा घरफिर्ती सम्बन्धी समझदारीपत्र कार्यान्वयनमा आए पश्चात सो संख्यामा नयाँ माग आएको हो । मलेसियास्थित नेपाली दूतावासले नयाँ आएका मागपत्रको प्रमाणीकरणको काम भइरहेको जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published.